दुबईमा कोरोनाका कारण एक नेपालीको मृत्यु
२०७७ वैशाख २३, ०५:०२
यूएईको दुबईमा कार्यरत एक नेपालीको कोरोनाको कारण ज्यान गएको छ। अर्घाखाँची घर भई १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको उनको कम्पनीले जनाएको छ।
स्वास फेर्न तथा ज्वरो आउने समस्या बढेपछि उनी वैशाख ५ गते अस्पताल भर्ना भएका थिए। उनलाई भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा आइतबार साँझ ज्यान गएको दूतावास स्रोतले जनाएको छ।
कमेन्ट लोड गर्नुस