सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहराइनमा एकैपटक ३१ नेपालीमा कोरोना पुष्टी, संक्रमितको संख्या १५७ पुग्यो

। फोटो स्रोत ।
२०७७ वैशाख १९, ०७:१८

बहराइनमा एकैपटक ३१ जना नेपालीमा कोरोना पुष्टी भएको छ। एकै पटक ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको बहराइनमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ। दूतावासले बिहीबार  विज्ञप्तिमा जारी गर्दै लेखिएको छ– यसअघि १ सय २६ जना संक्रमित थिए। ३१ जना थपिएसँगै संक्रमितको संख्या १ सय ५७ पुगेको छ।
हालसम्म बहराइनमा १ हजार ५ सय ३४ जना संक्रमित भेटिएका छन्। ८ जनाको मृत्यु भएको छ। कोरोनाबाट बहराइनमा कुनै पनि नेपालीको भने मृत्यु भने भएको छैन्। बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस