सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

२०८१ चैत्र २९, ०३:३५ रासस

भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार  असिना पानीका कारण २५ जनाको मृत्यु भएको  बिहारको राज्य सरकारले जनाएको छ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गर्नुभएको छ।  विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ। मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ।
 

कमेन्ट लोड गर्नुस