सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्याम्पसमा नेविसंघका पन्त ११७ मतले अगाडी

२०८१ चैत्र २८, ०७:५४

धनगढी: कैलाली बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा खसेका मतहरूमा पाँच सय मतगणना गरिएको छ।

कैलाली क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का सन्तोष पन्तले मतको अन्तर बढाएका छन्। उनी अखित कान्तिकारीका पवन सुनार भन्दा एक सय १७ मतले अगाडी छन्। कैलाली क्याम्पसमा पाँच सय मत गन्दा पन्तको २२३ मत रहेको छ। पवनको एक सय ६ मत छ। अनेरास्ववियुका यमराज जोशीको एक सय चार मत रहेको छ। विद्यार्थी एकता समूहकी अम्बिका चौधरीको २७, अनेरास्ववियुका सुनिलराज जोशीको १५ मत रहेको छ।

सचिवमा नेपाल विद्यार्थी संघका ओमप्रकाश वस्तीको १७६ मत, अनेरास्ववियुका किरण प्रकाश उपाध्यायको ११५ मत, अखिल कान्तिकारीका लोकेन्द्र चौधरीको एक सय चार मत, अनेरास्ववियुका खगेन्द्र प्रसाद अवस्थीको ३२ मत रहेको छ। यस्तै, लवदेव धामीको १८ मत र किशोर जोशीको २१ मत रहेको छ।

कोषाध्यक्षका उम्मेदवार प्रमिला शाहको १६३ मत रहेको छ। उनी नेपाल विद्यार्थी संघबाट कोषाध्यक्षकी उम्मेदवार हुन्। कोषाध्यक्षका उम्मेदवार अनेरास्ववियुका प्रकाश भट्टको १२७ मत, अखित कान्तिकारीका धर्मराज तिमिल्सनाको १२१ मत, अनेरास्ववियुका अंगीता चौधरीको ४३ मत र विद्यार्थी एकता समूहका खेमराज भट्टराइको १० मत रहेको छ।

 

 

कमेन्ट लोड गर्नुस