सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिउँपहिरोमा दुईजना बेपत्ता

२०८१ चैत्र २५, ०५:४४ रासस

म्याग्दीः म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन्।

अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट टे«किङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताए। 

आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए। पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन्। 

कमेन्ट लोड गर्नुस