सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभामा रास्वपाको अवरोध 

२०८१ माघ १८, ०१:५६

काठमाडौँः प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकको सुरुमा नै राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेको छ।

रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय मागेर सिटबाट उठेर अवरोध गरेको हो। सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आदेश गरेका थिए। तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भएकाले समय माग गरेका थिए। रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले ’बोल्न पाऔं’ भनेर समय माग गरेका थिए। सांसद सोबिता गौतमले भनिन्, ’ हाम्रा केही विषय छन्, विनम्रतापूर्वक विषय राख्न चाहन्छौं।

समय चाहियो, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग दोहोरो संवाद गर्न नचाहेको र समय उपलब्ध हुनुपर्ने माग गरेका थिए।  सभामुख घिमिरेले भने बस्नका लागि आदेश जारी गरेका थिए। ’बस्नका लागि आदेश गर्दछु, बस्नुस्। समय चाहिएमा थप समय दलीय आधारमा बोल्दा उपलब्ध गराउँदछु,’ सभामुखको आदेश थियो। सभामुखले रास्वपा सांसदहरू उभिएकै बेला कार्यसूचीमा प्रवेश गर्न चाहेपछि रास्वपा सांसदहरूले टेबुल बजाएर विरोध गरेका थिए।

कमेन्ट लोड गर्नुस