खोटाङबाट काठमाडौँ जाँदै गरेको सुमो दुर्घटनामा तीन जनाको मृत्यु
![](http://68.183.180.214/dineshkhabar/sites/default/files/styles/row_list/public/field/image/sumo.jpg?itok=nhDtqlcZ)
खोटाङः खोटाङबाट काठमाडौँ जाँदै गरेको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका–७ भडारेखोलामा बुधबार राति दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आगोले घाइते भएकी केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा उनीसहित उनका छोरा २८ वर्षीय पूजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो।
सुमो चालक सुनसरी इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ। ‘बिरामीलाई लिएर काठमाडौँ लैजाने क्रममा राति दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
![Sonalika](http://68.183.180.214/dineshkhabar/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
![rojgar mela](http://68.183.180.214/dineshkhabar/sites/default/files/474217912_3011483635659265_4149502134924499851_n.jpg)