खुटिया नदीले भानु मावि धनगढीको साढे एक बिघा जमिन बगायो
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीका टीकाराम चौधरीले तरकारी खेती गर्दै आएका छन्।
भानु माध्यामिक विद्यालयको चार बिघा १० कट्ठा जग्गामा उनले तरकारी खेती गर्दै आएका छन्। चौधरीले ६५ कट्ठा जग्गा भाडामा लिएर खुसार्नी लगायतको बारी बनाएका छन्। पाँच वर्षका लागि वार्षिक एक हजार ५० रुपैयाँ प्रति कट्ठा भाडामा उनले विद्यालयको जग्गा लिएका छन्। तर, प्रत्येक वर्ष विद्यालयको जग्गा नदीले बगाउदै आएको छ। धनगढी–१७ का टीकाराम चौधरीले प्रत्येक वर्ष खुटिया नदीले विद्यालयको जग्गा बगाउदै आएको बताए।
उनले भने, ‘नदीले बगाउन थालेको छ। पहिला चार बिघा १० कट्ठा थियो। अहिले तीन बिघा मात्र होला। ६५ कट्ठा मैले भाडामा लिएको हो। बर्खाको समयमा बगाएको छ। कटान गर्दै आएको छ।’ धनगढी उपमहानगरपालिका–१७ को भानु माध्यामिक विद्यालयले जग्गा भाडाबाट वार्षिक ६८ हजार रुपैयाँ आम्दानी गर्दै आएको छ। तर, खुटिया नदीले विद्यालयको जग्गा बगाउदै लगेको छ। नदीले विद्यालयको एक बिघा १० कट्ठा बढी जग्गा बगाएको छ।
प्रत्येक वर्ष बर्सातको समयमा नदीले विद्यालयको जग्गा बगाउन थालेपछि खेती गर्दै आएका टीकाराम पनि समस्यामा परेका छन्। टीकारामले नदीले जग्गा बगाएको र भाडामा छुटका लागि धनगढी उपमहानगरपालिकामा निवेदन दिने तयारी गरेका छन्। चौधरीले भने, ‘पाँच वर्षको ठेक्का हो। एक हजार ५० प्रत्येक कट्ठा दिने हो। ६८ हजार वर्षमा विद्यालयलाई दिनुपर्छ। जग्गा बगेपछि उपमहानगरपालिकाले निवेदन दिन भनेको छ। अब दिनुपर्ने हो।’
धनगढी उपमहानगरपालिका–१७ को पथरी क्षेत्रमा खुटिया नदीले कटान गर्दै आएको छ। उपमहानगरपालिकाले उक्त क्षेत्रमा तट्बन्ध निर्माण गरेको छ। तर, खेतीयोग्य जमिन रहेको सबै क्षेत्रमा तट्बन्ध गरिएको छैन। उपमहानगरपालिकासँग खुटिया नदीले कटान गर्दै आएको सबै क्षेत्रमा तट्बन्धका लागि बजेट छैन। खुटिया र शिवगंगा नदीको कटान रोक्न २ अर्ब बढीको बजेट पथरी, धुर्जना र डमौलियाका लागि मात्र आवश्यक पर्ने देखिएको छ।
तर, धनगढी उपमहानगरपालिकाले विभिन्न निकायहरुमा बजेट माग गरेको बताउदै आएको छ। धनगढी उपमहानगरपालिका–१७ का वडाध्यक्ष माधवराज रानाले चारैतिर नदीले घेरेको वडा भएको बताए। उनले उत्तरखैरेनीदेखि सान्तीकटानसम्म जग्गा कटान हुँदै आएको बताए। उनले भने, ‘भानुमाविको जग्गा कटान गरेको छ। ३५ लाखको तट्बन्ध बनाएका छौ। अझै बगाउदै छ। यो वर्ष एडिबी र जनताको तट्बन्धको काम हुँदैछ।’ धनगढी उपमहानगरपालिका–१७ पथरी र धुर्जना खुटिया र शिवगंगा नदीले खेरिएको छ।
उक्त क्षेत्रका किसान तरकारी तथा अन्य उत्पादन धनगढी बिक्रीका लागि ल्याउने गरेका छन। तर, खेतीयोग्य जमिन नै नदीले बगर बनाउन थालेको हो। धनगढीको भानु माध्यामिक विद्यालयको जग्गा खुटिया नदीले बगाउन थालेको छ। धनगढी उपमहानगरपालिका–१७ पथरीमा रहेको भानु माध्यामिक विद्यालयको जग्गा खुटिया नदीले बगाउन थालेको छ। विद्यालयले चार बिघा १० कट्ठा जग्गा भाडामा दिएको छ। तर, नदीले एक बिघा १० कट्ठा बढी जग्गा नदीले बगाएको छ। पाँच वार्षिकका लागि एक हजार ५० रुपैयाँ प्रति कट्ठाका दरले जग्गा भाडामा दिइएको छ। तर, प्रत्येक वर्ष नदीले जग्गा बगाउदै आएको छ। धनगढी उपमहानगरपालिकाले केही क्षेत्रमा तट्बन्धको काम गरेपनि जग्गा पूर्ण सुरक्षित भएको छैन।