क्यानडालाई ६३ रनले हराउँदै नेदरल्याण्ड्स शीर्षमा उक्लियो
काठमाडौंः क्यानडालाई हराउँदै नेदरल्यान्ड्स विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ।
आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको जारी छ। त्रिकोणत्मक सिरिजको चौथो खेलमा घरेलु टोलीले क्यानडामाथि जित हात पारेको हो। नेदरल्यान्ड्सको हजेलारवेग, रोटरडैम भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित हात पारेको हो।
नेदरल्यान्ड्सले दिएको २ सय २१ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ३५ दशमलव ४ ओभरमा अल आउट हुदै १ सय ५७ रन मात्र बनाउन सक्यो। क्यानडाका लागि विकेटकिपर ब्याटर श्रेयस मोभ्भाले ७२ बलमा अविजित रहँदै सर्वाधिक ४७, ओपनर ओरोन जोनसनले ३२, अर्का ओपनर दिलप्रित बाज्वाले २० रन जोडे । कप्तान साद विन जाफरले २३ बलमा १२, डेलिन हेलिङ्गरले २० बलमा १४, प्रगत सिंहले ५ रन जोडे।
नेदरल्यान्ड्सका पल भान मेकरमले ५ विकेट लिए। भिभियन किंग्माले ३ तथा आर्यान दत्त र शरिज अहमदले समान १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ४७ दशमलव २ ओभरमा २ सय २० रन बनाउदै अल आउट भयो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवाडर्सले सर्वाधिक ७२ रन जोडे । उनले ९४ बलमा ३ चौका प्रहार गरेका थिए। नोह क्रोसले ४४ बलमा ३१, विक्रमजित सिंहले २३ बलमा २५, म्याक्स ओडाउडले २७ बलमा १८, काइल क्लेनले १५ बलमा १० तथा शरिज अहमदले २७ बलमा १९ रन जोडे। क्यानडाका लागि कलिम सानाले ४, हर्ष ठाकर र डेलिन हेलिङ्गरले समान २ तथा जुनैद सिद्धिकी र कप्तान निकोलस किर्तनले समान १ विकेट लिए।
टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ७ खेलमा १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा झरेको स्थानमा रहेको छ। पराजित क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा झरेको छ। अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ। लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन्।