सुदूर नेपाललाई विश्वसँग जोड्दै

काभा वुमन्स नेसन्स लिगः  श्रीलंकामाथि इरानको प्रतिस्पर्धात्मक जित

२०८१ साउन १८, ०६:२१

काठमाडौंः श्रीलंकालाई ३–२ को सेटमा इरानले काभा वुमन्स नेसन्स लिगमा पहिलो जित हात पारेको छ।

शुक्रबार दशरथ रंगशाला कर्भड हलमा भएको खेलमा उत्कृष्ट पुनरागमनसहित इरानले यो खेलमा जित हात पारेको हो । इरानले श्रीलंकालाई २५–२०, २५–१२, २२–२५,१३–२५ र १५–११ ले जित हात पारेको हो। पहिलो, दोस्रो र पाँचौं सेट आफ्नो पक्षमा पार्दै इरानले खेल जितेको हो। खेल जितेको इरानले २ अंक पाउनेछ भने श्रीलंकाले यो खेलबाट १ अंक जोडेको छ।

आजको खेलमा २ सेट सहज जित निकालेको इरानले पछिल्लो २ सेटमा कमजोर देखियो। विशेषत तेस्रो सेटमा केही प्रतिस्पर्धात्मक खेले पनि चौथो सेटमा भने इरानका युवा खेलाडी निकै थकित देखिएका हुन्। बिहीबार भारतसँग ४ सेट खेलेका इरानका खेलाडीले २४ घण्टा पनि नबित्दै पुन चौथो सेटसम्म खेल्दा थकित देखिएका थिए।

तेस्रो सेटमा २२ अंकमा समेटिएको इरान चौथो सेटमा भने श्रीलंकासँग निकै कमजोर प्रदर्शन गर्यो। चौथो सेटमा इरान १३ अंकमा नै रोकियो। खेलको पाँचौं सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो। पाँचौं सेटको सुरुवातमा इरानले अग्रता लियो। –६ को स्थितीमा इरानको पक्षमा रहेको खेलमा श्रीलंकाले पुनरागमन गर्दै १०– को अवस्थामा पुर्यायो।

तर श्रीलंकाले प्राप्त गरेको १० औं अंक भने श्रीलंकाका खेलाडीले एउटै ¥यालीमा ४ पटक बल छुँदा अंक गुम्यो। पाएको अंक गुमेपछि भने श्रीलंका खेलमा पछि पर्यो। त्यसपछि भने खेललाई इरानले आफ्नो पक्षमा पार्‍यो सेटमा इरानले ११ अंक जोड्ने ¥यालीमा इरानका खेलाडीले नेट टच गरेको संकेत गर्दा रेफ्रिले कुनै चासो नदेखाउँदा उनले केही समय संमयमता गुमाउन पुगे।

यही सेटको दौरान श्रीलंकन प्रशिक्षक चाल्स तिलकरत्नेले पहेंलो कार्ड पनि प्राप्त गरे। अन्ततः खेल इरानले जित्यो। आजको दोस्रो खेल भारतले माल्दिभ्ससँग खेल्नेछ । बिहीबार भएको पहिलो दिनको २ खेलमा पहिलो खेलमा नेपालले श्रीलंकालाई सोझो सेटमा हराएको थियो भने भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको थियो।
 

कमेन्ट लोड गर्नुस